जीटीएलाई सरकारले ४ हजार ७ सय १९ करोड धनराशी दिइसकेको हिसाब सार्बजनिक……. गोर्खा जनमुक्ति मोर्चाको नाऊ डुबीसकेको छ – मन्त्री अरूप विश्वास
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २३ सितम्बर। ‘गोर्खा जनमुक्ति मोर्चाको नाऊ डुबीसकेको छ। आज यसरी दैनिक तृणमूल कङ्ग्रेसमा झण्डा ग्रहण गर्न आएका जनताहरूले यो प्रमाणीत गरेको छ’ – उक्त कुरा पीडब्ल्युडी विभागका मन्त्री अरूप विश्वासले भनेका हुन्।
यसक्रममा जीटीएलाई अहिलेसम्म दिएको पैसाको हिसाब सार्बजनिक गरेपछि उक्त पैसाको हिसाब जनताले खोज्ने पनि बताए। ‘गोजमुमोको आन्दोलन केवल कमिशनको निम्ति मात्रै हुँदैछ। सरकारले दिएको करोडौँ रूपियाँ पार्टी अफिसमा जाँदैछ। अब जनताले हिसाब खोज्नेछ। जीटीएले अब सरकारबाट प्राप्त पैसाको हिसाब जनतालाई दिनुपर्नेछ’ मन्त्री विश्वासले अझ भने।
यदि गोजमुमो पार्टीले बन्द डाके त्यस बन्दलाई तृणमूल कङ्ग्रेसले जोडदार विरोध गर्ने पनि बताए। ‘अब पहाडमा गुण्डागर्दीको राजनीति चल्दैन। तृणमूल कङ्ग्रेसले बङ्गालको माकपालाई बङ्गोप सागरमा डुबाएर आएको हो। तिमीहरूले बन्द गर्छौँ भने तृणमूल चुप बस्नेछैन। त्यतिबेला हेर्नुहोस ‘किस का कितना है दम’ अरूप विश्वासले मोर्चालाई चुनौति दिँदै भने। उनले जनसभालाई सम्बोधन गर्दै जीटीएमा सरकारले पठाएको सम्पूर्ण धनराशीको हिसाब खोज्दै आगामी दिनमा हिल तृणमूल कङ्ग्रेस सडकमा उत्रने अनि त्यति गर्दा समेत जीटीएले जनतालाई हिसाब नदिए घेराऊ कार्यक्रमहरू पनि गर्ने बताए।
यसक्रममा उनले अहिलेसम्म जीटीएलाई पाँच हजार करोड दिएको दाबी पनि गरे। मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीएलाई दिएको धनराशीको सन्दर्भमा गोजमुमो अध्यक्ष विमल गुरूङले पुष्टि गर्नपर्ने नत्र आगमी २८ सितम्बरको दिन दार्जीलिङ बन्द गर्ने घोषणा प्रति पनि मन्त्री विश्वासले प्रतिक्रिया व्यक्त गर्दै उक्त बन्दको विरोध जनाए। यदि त्यस दिन बन्द भए जनता बन्दको विरोधमा सडकमा ओर्लने पनि बताएका छन्।
अर्कोतर्फ पश्चिम बङ्गाल सरकारले जीटीए गठन यता अहिलेसम्म सरकारले दिएको धनराशीको हिसाब दार्जिलिङ हिल तृणमूल कङ्ग्रेसका सचिव विन्नी शर्माले सार्बजनिक गरेका छन्। यहाँको होम्स ग्राउण्डमा दार्जिलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसको सभाबाट जिल्ला सचिव विन्नी शर्माले मन्त्री अरूप विश्वासको उपस्थितिमा सरकारले पठाएको धनराशीको सम्पूर्ण हिसाब सार्बजनिक गरेका हुन्। मुख्यमन्त्री ममता ब्यानर्जीले ४ हजार करोड जीटीएलाई दिइसकेको दाबी गरेपछि यता गोजमुमो अध्यक्ष विमल गुरूङले उक्त दाबी झूटो हो भन्दै त्यस दाबीलाई प्रमाणित गर्नपर्ने अथवा आफ्नो वयान २७ सितम्बरका दिनसम्म फिर्ता लिनुपर्ने माग गरेका थिए। यदि प्रमाणित गर्न नसके आगमी २८ सितम्बरका दिन सम्पूर्ण पाहाड बन्द गर्ने घोषणा गरेपछि आज सरकारले जीटीएलाई पठाएको धनराशीको सम्पूर्ण हिसाब सार्बजनिक गरेको हो।
‘जीटीएलाई पश्चिम बङ्गाल सरकारले अहिलेसम्म ४ हजार ७ सय १९ करोड दिएको छ। त्यस पैसलाई जीटीएले जनताको विकासको निम्ति आजसम्म कुनै कार्य गरेको छैन। जीटीएमा विकास भएको छ भने केवल पाँचजना नेताहरूको मात्र भएको छ’-विन्नी शर्माले भने। यसक्रममा अब जीटीएले सरकारबाट प्राप्त गरेको पैसालाई कहाँ कति प्रयोग भन्ने कुराको हरहिसाब देखाउनुपर्ने शर्माले अझ माग गरे।
गोजमुमोले बन्दकी बनाको आमालाई उकास्छु भनेर अघि आएको भन्ने दाबी गरेर वास्तवमा जनतालाई नै बन्दक बनाउँने कार्य गरेको पनि आरोप लगाए। अर्कोतर्फ आजको जनसभामा गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय समिति सदस्य जितेन तामाङ, स्वतन्त्र दलका पासङ तामाङ अनि उनका समर्थकहरू, हिल मुसलमान सङ्गठन, गोर्खा जनमुक्ति विद्यार्थी सङ्गठन आदिबाट लगभग् दुई हजारभन्दा धेर मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल कङ्ग्रेसमा सामेल भएकाहरूलाई मन्त्री अरूप विश्वासको हातबाट पार्टीको झण्डा प्रदान गरिएको थियो। यसैक्रममा तृणमूल कङ्ग्रेसको कालेबुङ महकुमा समिति पनि गठन गरिएको छ।
उक्त नवगठित समितिमा सतिस थीङ अध्यक्ष, पासाङ तामाङ कार्यकारी अध्यक्ष, पूर्व विधायक गौलन लेप्चा उपाध्यक्ष, छिरिङ सेर्पा टाउन कमिटि प्रभारी अनि ढेन्डुप भोटियालाई टाउन कमिटि अध्यक्ष रूपमा चयन गरिएको हिल तृणमूल कङ्ग्रेस अध्यक्ष राजेन मुखियाले बताए।
उनले आजको जनसभामा दुइ हजारभन्दा धेर मानिसहरूले तृणमूल कङ्ग्रेसमा सामेल भएको दाबी पनि गरेका छन्। यसक्रममा आगामी २ अक्टोबरका दिन बिजनबारी हुने तृणमूल कङ्ग्रेसको सभामा त्यस क्षेत्रबाट ८ सय परिवारहरूले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गर्ने पनि जानकारी गराएका छन्। अर्कोतर्फ आजको सभालाई गोजमुमो त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका जीटीए अध्यक्ष प्रदिप प्रधान, सारदा राई सुब्बा, छेवाङ भोटिया, विष्णु गोले आदिले सम्बोधन गरेका थिए।
[*Note: non-plan expenditures are generally related to salary payment of the people working under GTA, it is not development fund]
647 total views, 2 views today