मिरिक :२४ जुलाई -नौ माईल चिमल क्लबले २०२ औ भानु जयन्ती समारोह संग़ै सम्बद्धॅना कार्यक्रमको आयोजना गरयो ।क्लबको निजी भवनमा सम्पन्न उक्त समारोहमा साहित्य सुनौ परिवारका सदश्यगण, साहित्यानुरागी अनि क्लबका तमाम सदस्य बिधार्थीहरू यस समारोहमा विशेष रूपमा उपस्थित रहेका थिए ।क्लबका अध्यक्ष सुनील जोशीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख अथितिको रूपमा साहित्यकार राज बहादुर राई थिए ।
उसरी नै विशिष्ट अथितिहरूमा कवियत्री शीला लामा ,कमला राई ,कमला तामंङ , लगायत आदिका अथितिहरू विशेष रूपमा उपस्थित रहेका थिए । अथिति हरूको बाहुलीबाट भानुभक्त आचार्यको तस्वीरमा माल्यअर्पण अनि दीप प्रज्जलन गरे पछि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।समारोहमा विद्यार्थी नानीहरू द्वारा रामायण पाठ पनि स्वरचित कविता पाठहरू गरिएको थियो ।
समारोहमा भानुभक्त आचार्य माथि मन्तव्य कवि एवं पत्रकार रोशन राई ‘आदित्यले ‘ पोखेका थिए ।राईले भानुभक्तको दार्ज़ीलिंङमा पुनजन्म भएको बताउदै दार्ज़ीलिंङ पहाड़ले नै भानुजयन्तीको परम्परा शुरू गरेर नेपाल सम्म पुर्राएको बताउदै आज सारा विश्वले यसलाई पालन गर्दैछ ।यो हाम्रो दायित्व र कर्तव्य पनि रहन्छ भन्ने मन्तव्य पोखेका थिए।समारोहमा चिमल क्लबले समाजमा रहेर विभिन्न बिधामा आफ़नो योगदान पूर्यौउने मानुभावहरुलाई पनि सम्मान जनाउने कार्य गरयो ।
सांघद्दित व्यक्तिहरूमा फूल खेतीको निम्ती उधमी कृषक डीपी राई ,चिमल क्लबका पूर्व फ़ुटबल खेलाड़ी एवं संस्थापक सदश्य डिग़म गोले ,क्लबका संस्थापक सुनील जोशी ,मिरिक साहित्य जगतमा आफ़नो विशेष स्थान बनाउदै साहित्यको सृजनामा लगातार क़लम चलाईरहेका कवि विद्रोही साईला (अरुण चन्द्र कुलुङ )लाई अनि नारी कलाकार एवं सफल उद्घघोषिका अम्बिक़ा थापालाई क्लबले सम्मान गर्दै अंग्रवस्त पहिरिएर अभ्यर्थना पत्रद्वारा सम्मान जनायो ।यी सम्बेद्रित व्यक्तिहरूको परिचय क्लबका सल्लाकार एम के योज्जनले साटासाट गरेका थिए ।
दीप जोशीको संचलानमा सम्पन्न समारोहमा पीएल जोशी अथिति राज बहादुर राईले पनि समारोह माथि बिचार पोखेका थिए ।अनि शीला लामा ,कमला तामाङ ,कमला राई भरत देवानले कविता बाचन गरेका थिए ।ध्रुव घिसिंङले स्वागत मन्तव्य पोखेका थिए ।समारोहमा गीत र सुन्दर नृत्यहरू पनि प्रस्तुत गरेका थिए ।
704 total views, 1 views today