मिरिक १४ अगस्त :आज कन्या श्री दिवस -२०१६ मिरिक खण्ड विकास कार्यालयको आयोजनामा विविध कार्यक्रम बीच पालन गरियो ।राज्य सरकारले छोरी पड़ाऔ छोरी बचाऔ भन्ने नारा लिएर राज्य सरकारले प्रत्येक सरकारी विद्यालयमा अध्ययन रत छात्राहरूलाई कन्या श्री प्रकल्प शुरू गरेको छ । यहाँको सार्वजनिक भवनमा सम्पन्न उक्त समारोहमा अध्यक्षता मिरिक खण्ड विकास अधिकारी पिनाकी शंकर बिस्वासले गरेका थिए ।जहाँ अथितिको रूपमा जीटीएका कार्यकारी सभासद फुवी राई ,मिरिक थाना प्रभारी मानस दास ,संयुक्त खण्ड विकास अधिकारी डोर्मित लेप्चा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि गणको पनि प्रमुख रूपमा उपस्थिति रहेको थियो ।
प्रमुख अथितिहरूको बहुलीबाट माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरि दीप प्रज्जावलन पनि गरियो।एमएसके डुप्टिनका बिधार्थीहरु द्वारा पारम्परिक देश भक्ति गीत बाट उक्त कार्यक्रम शुआरम्भ गरियो ।जहाँ संयुक्त खण्ड विकास अधिकारी डोर्मित लेप्चाले कन्या श्री प्रकल्पको बिषयमा विस्तृत रुपमा जानकारी गराउदै १३ वर्ष देखि १८ बर्ष सम्मका छात्राहरुलाई वार्षिक सातसय पचास रुपिया वार्षिक रूपमा प्रदान गर्ने गरेको अनि १८ बर्ष देखि एकै पल्ट २५,००० रुपिया छात्राहरूलाई उच्च शिक्षाको निम्ती प्रदान गर्ने गरेको जानकारी गराईन ।जहाँ क्षेत्रका सरकारी उमावि र एम एसके।
छात्राहरूलाई स्वरचित कविता बाचन र नृत्य प्रतियोगिता को पनि आयोजना गरिएको थियो ।ज़स्मा कविता बाचनमा रक्षा छेत्री एमएसके पहिला गाऊँ प्रथम ,जुना तामाँङ फुवागढ़ी उमावि दोस्रो र अनुपमा राई मिरिक उमावि तेस्रो स्थानमा आईन ।उसरी नै नृत्यमा फुवागढ़ी उमावि प्रथम ,थर्बु उमावि दोस्रो अनि मिरिक उमावि तेस्रो स्थानमा आएका थिए ।जहाँ प्रतियोगीहरूलाई ट्रफ़ी र प्रमाण पत्र पनि वितरण गरियो ।
यस समारोहमा कार्यकारी सभासद फुवी राई ,खण्ड विकास अधिकारीले पनि मन्तव्या पोखेका थिए । जहाँ रवीन्द्रनाथ उमावि द्वारा नाटक पनि मंचन गरिएको थियो ।कार्यक्रमलाई राजेश लामगादेले संचालन गरेका थिए ।
842 total views, 2 views today