07:27 AM
Fri, 24 May 2013

          The  News Portal of Gorkhaland  


Hits: 436
User Rating: / 1
PoorBest 

तृणमूल कङ्ग्रेसले शुरु गर्‍यो नामाङकन पत्र फिर्ता लिन : माकपा लगायत राष्ट्रिय जनाधिकार पार्टीले उठायो हात

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जुलाई: जीटीए चुनाउमा गोजमुमो प्रार्थीहरुलाई चुनावी मैदानमा चुनौति दिन उत्रिएका तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थीहरुले हात उठाएर आत्मसमर्पण गर्न थालेका छन। आज यहाँको 35 नम्बर बोङ दुर्बिन समष्टिबाट चुनावी मैदानमा ओर्लिएका तृणमूल कङ्ग्रेसका प्रार्थी गौतम कालिकोटे अनि राष्ट्रिय जनाधिकार पार्टीका प्रार्थी शिवानी यरोसा प्रधानले नामाङकन पत्र फिर्ता लिएपछि युवा मोर्चा अध्यक्ष सुनिल प्रधान निर्विरोध बिजयी बनेका छन। मोर्चा प्रार्थी सुनिल प्रधान निर्विरोध बिजयी बन्न साथै गोजमुमो पार्टीका प्राथीहरु कालेबुङबाट निर्विरोध बिजयी हुनेहरुको सङ्ख्या चार पुगेको छ।

गोजमुमो पार्टीले पहाडमा गणतन्त्र हनन गरिरहेको कारण पुन: गणतन्त्र वहाली गर्नुको निम्ति चुनावी मैदानमा तृणमूल कङ्ग्रेस उत्रिएको बताउँने प्रार्थीहरुले यसरी नामाङकन पत्र फिर्ता लिन थालेपछि बिस्तारै मोर्चाको निम्ति बाटो सफा बन्दै गईरहेको छ। अर्कोतिर कालेबुङबाट एकमात्र माकपाले खडा गरेको प्रार्थी प्याट्रो लेप्चाले पनि नामाङकन पत्र फिर्ता लिएका छन। तिनी 38 नम्बर लाभा लिङ्से समष्टिबाट खडा भएका थिए भने तिनले आफ्नो नमाङकन पत्र फिर्ता लिएपछि उक्त समष्टिमा तृणमूल कङ्ग्रेस भर्सेस गोजमुमो माझ टक्कर हुने भएको छ।

यहाँको बोङ दुर्बिन समष्टिबाट तृणमूल कङ्रेस अनि पहाडमा कहिल्यै नाम नसुनेको राष्ट्रिय जनाधिकार सुरक्षा पार्टीले समेत नामाङकन पत्र फिर्ता लिएर सुनिल प्रधान निर्विरोध बिजयी बनेको खबर फैलिन साथै मोर्चा समर्थकहरुले जोडदार पटेका पट्काएर खुशियाले मनाए। यस सम्बन्धमा महकुमा अधिकारी एल एन शेर्पाले पत्रकारहरुलाई आधिकारीक जानकारी दिदै बोङ दुर्बिन समष्टिबाट सुनिल प्रधानको बिरुद्धमा खडा हुने प्रार्थीहरुले नामाङकन पत्र फिर्ता लिएपछि तिनी निर्विरोध निर्वाचित भएको जानकारी गराएका छन। तिनले आज चुनाउ कार्यालयमा मोठ तिनजना प्रार्थीहरुले आफ्नो नमाङकन पत्र फिर्ता लिएको जानकारी दिदै नामाङकन पत्र फिर्ता लिने भोलि अन्तिम समय रहेको जानकारी गराए।

अहिले सम्मको परिस्थिति हेर्दा कतिपय समष्टिहरुमा चुनाउ हुने निश्चित रहेको भए पनि चुनाउ कहाँ कहाँ हुने भन्ने कुरा भोलि तीन बजे पछि मात्र स्पष्ट हुने थप महकुमा अधिकारी शेर्पाले जनाएका छन। हाल चुनाउ बिषयलाई लिएर प्रशासनले अतिरिक्त पुलिस बलहरु तैनाथ गरिसकेको जानकारी गराउँदै यदि अहिलेसम्म नामाङकन पत्र दर्ता गर्ने प्रार्थीहरुले आफ्नो नामाङकन पत्र फिर्ता नलिए चुनाउको निम्ति आवश्यक फोर्स पहाडमा तैनाथ गरिने तिनले थप जनाएका छन। यता आफुलाई चुनावी मैदानमा चुनौति दिन उत्रिएका बिपक्षी दलका प्रार्थीहरुले नामाङकन पत्र फिर्ता लिएपछि निर्विरोध बिजयी बनेकोमा प्रधानले अत्यन्तै हर्ष व्यक्त गर्दै मोर्चा प्रमुख बिमल गुरुङलाई समेत आभार प्रकट गरेका छन।

यसै क्रममा तिनले पत्रकारहरुसित कुराकानी गर्दै बिगत बर्षहरुमा दार्जीलिङ पहाडमा गोरामुमो पार्टीको एकक्षत्र शाषण हुँदा कहिल्यै जनहितको निम्ति बिकाशका कार्यहरु नभएको बताउँदै क्षेत्रको बिकाश नै आफ्नो प्राथमिक दायित्व हुने बताएका छन। यस क्षेत्रमा थुप्रै बिकाशका कार्यहरुबाट मानिसहरु धेरै दिनदेखि बञ्चित बन्दै आईरहेको कारण उक्त समस्या समाधान गर्ने तिनले जानकारी गराउँदै सबै मानिसहरुको दुखेसोलाई बुझेर सकारात्मक कार्य गर्ने थप बताएका छन।

Courtesy: http://kalimpongonlinenews.blogspot.com

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan