
Hits: 477
जीटीए सभाका निम्ति मनोनित गरिने पॉंचजना सदस्यहरू मोर्चाको निर्णय अनुरूप चल्नुपर्नेछ। उनीहरूलाई राज्य सरकारले मनोनित गरे पनि उनीहरूले मोर्चाको आदेश अनुसार काम गर्नुपर्नेछ। किनकी जीटीए गोर्खा जनमुक्ति मोर्चालाई दिएको हो। यहॉंको 7 माइल स्थित मिलन क्लब घर प्रागंनमा भएको चुनाउ जनसभालाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विमल गुरूङले आज यसो भने। गुरूङले भने-केही तृणमूल कंग्रेसकाहरूले हामीलाई जीटीए सभामा मनोनित गर्छ भन्ने हल्ला गर्दै रहेछन् त्यसो भन्नेहरूले मेरो सामू आएर भनुन्। म उनीहरूलाई लोबारी दिन्छु। त्यस्ता मान्छेहरूलाई राखे जीटीए असफल हुनेछ। जीटीएमा अलिकति पनि धॉंधली भए मोर्चामाथि प्रश्न उठ्नेछ। हामी एउटा पनि दाग नलगाइ जीटीए चलाउन चाहन्छौंअनि सरकारलाई हामीमा पनि प्रशासनिक क्षमता छ भनेर देखाइदिनेछौं।
जीटीएको शपथ ग्रहणपछि पहाड़मा थुप्रै विकासका कार्यहरूको घोषणा हुने संकेत गुरूङबाट आज पाइयो। उनले भने- मेरा जनतालाई जीटीएको गेटले रोक्नु हुँदैन। लाटा,लुला,लगंड़ाहरू पनि मलाई भेट्न आउँछन्। जीटीए सभामा जाने 45 सस्यहरूको घरको दैलो पनि बन्द हुनु हुँदैन। सधैँ खुल्ला राख्नु। भेट्न आउनेहरूलाई एक ग्लास भए पनि चिया खुवाएर पठाउनु। 33 नम्बर समष्टिको आयोजनामा आयोजित सभालाई उनले सम्बोधन गर्दै उक्त कुरो भने। गुरूङले भने- जीटीए सम्हालेपछि हामी विकासका कार्यहरू गर्छौं। मेरो गोजीबाट जॉंदैन। सरकारको जान्छ। हिजोको दिनमा प्रशासनिक क्षमता थिएन। तरैपनि आफ्नो गोजीबाट जॉंदा पनि हात कामेको थिएन। पहाड़लाई स्वीट्जरल्याण्ड जस्तो बनाउनुपर्छ । ओभर ब्रीजहरू हुनुपर्छ। बेकारीले काम पाउनुपर्छ। पढ़ेकाहरू अब अघि आउनुपर्छ। हामी उनलाई प्रयोग गछार्ंै। जीटीएमा धेरै वटा विभागहरू छन्। बेकारीहरूलाई नोकरी दिएका हुनेछौं। माटो सफा गर्दा मात्र स्वीट्जरल्याण्ड हुँदैन। हामी काम गरेर देखाइदिन्छौं। अलिकति पनि पैसामा कमी हुनु हुँदैन। जीटीएमा राज्य सरकारले पनि पैसा दिनुपर्छ। वार्षिक योजना हुन्छ। जीटीएमा रोयलटी उठाउने क्षमता रहेको गुरूङले बताए। जीटीएमा पैसा कम भए रिजेक्ट गरिदिने भनेर राज्य सरकारलाई पनि बताइसकेको जनाए। मोर्चा प्रमुख गुरूङले अघि भने-तपाईंहरू म भएकोमा आउनु पर्दैन। म नै तपाईंहरू भएकोमा आउनेछु। मैले यहॉंको समस्याहरू अघिबाटै अवलोकन गरिसकेको छु।
मोर्चा जनताको उन्मुक्तिको निम्ति निस्किएको हो। हामी सबै कुरोलाई लिएर काम गर्छौं। दिनमा ढिलो छिटो हुनसक्छ, तर माया,मोह नम्रता हुनुपर्छ। जनताकै सुविधाको निम्ति समष्टिहरूमा उम्मेद्वारहरू फेरबदल गरेर खड़ा गरिएको बताए। मोर्चा किन जीटीएको चुनाउमा जानुपर्यो भन्नेबारे जनाउँदै गुरूङले आफ्नो सम्बोधनमा विपक्षी दलहरूको पनि आलोचना गरे। उनले विगतमा दार्जीलिङबाट एमपी भएर जानेहरूले गोर्खाल्याण्डको निम्ति केही नबोलेको तर सांसद जसवन्त सिंहले पहाड़मा आएको आइलासितै गोर्खाल्याण्डको कुरा केन्द्रमा उठान गरेको पनि जानकारी गराए। एचबी छेत्रीको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै 33 समष्टिकी प्रार्थी काजिम छिरिङ भोटियाले आफू जीटीए सदस्य भएपछि जनताको हितमा कार्य गर्ने जनाइन्। उनले भनिन्-ममाथि विश्वास गर्नुहोस् म कदापि तपाईंहरूलाई धोखा दिने छुइनँ। मोर्चा अध्यक्षले जुन रेखाभित्र बसेर काम गर्नु भन्छन् म त्यही रेखाभित्र बसेर कार्य गर्नेछु। मलाई तपाईंहरूको साहरा चाहिन्छ।
म एउटा चामलको दाना समेत गोजीमा हाल्दिनँ-भोटियाले भनिन्। गोजमुमो सहसचिव विनय तामाङले सञ्चालन गरेको सभालाई मोर्चा उपाध्यक्ष प्रदीप प्रधान,खरसाङ टाउन कमिटीका अध्यक्ष योगेन्द्र राई आदिले पनि सम्बोधन गरे। सभामा निर्विरोध निर्वाचित प्रार्थी रतन थापा,कर्णेल रमेश आले,निमा तामाङ आदिको उपस्थिति थियो। जनसभापछि मोर्चा प्रमुख दार्जीलिङ प्रस्थान भए।
Courtesy: www.rongotimes.com