11:48 PM
Tue, 18 Jun 2013

          The  News Portal of Gorkhaland  


Hits: 666
User Rating: / 1
PoorBest 

सञ्चबीर सुब्बालाई चुनौति दिन मोर्चाले गर्‍यो शक्ति प्रदर्शन- सञ्चबीर सुब्बाले पार्टीमा फर्किने सपना नदेखे हुन्छ, तिनको निम्ति सबै ढोका बन्द भएको छ – आशा गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 जुलाई : जीटीए चुनाउ सम्पन्न हुन ठिक 3 दिन अघि 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा हाई भोल्टेज चुनावी प्रचार अभियान चलिरहेको छ। निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाले यस समष्टिबाट मोर्चाको प्रार्थी कल्याण देवानलाई चुनावी मैदानमा चुनौति दिएपछि आज मोर्चाले सञ्चबीर सुब्बाको घर आगनमा नै शक्ति प्रदर्शन गर्‍यो। यस अवसरमा मुख्य रुपले नारी मोर्चा प्रमुख आशा गुरुङ बिशेषरुपले उपस्थित रहेका थिए।
तिनले चुनावी जनसभालाई सम्बोधन गर्दै 41 नम्बर समष्टिबाट गोजमुमो प्रार्थी कल्याण देवानलाई चुनावी मैदानमा चुनौति दिन उत्रेका सञ्चबीर सुब्बालाई चुनौति दिदै मोर्चा प्रार्थी कल्याण देवानको बिजय निश्चित रहेको दाबी गरिन। यसै क्रममा सञ्चबीर सुब्बाले केहिदिन अघि जीटीए चुनाउ पछि 3 अगष्टको दिनदेखि आफु गोजमुमो पार्टीमा हुने दाबी गर्दै आफुलाई पार्टीबाट निस्काशित गरेको कुरालाई लिएर जनता भ्रमित नहुनपर्ने भनेको बिषयमा कडा प्रतिक्रिया गर्दै मोर्चाले तिनको ढोका बन्द गरेको स्पष्ट बताइन।

“सञ्चबीर सुब्बाले पुन: गोजमुमो पार्टीमा हुनेछु भन्ने सपना नदेख्नु । तिनलाई पार्टीबाट मोर्चा अध्यक्ष बिमल गुरुङले निस्कासित गरिसकेको छ। अहिले यहाँ गोजमुमो पार्टीको छत्रछाँयामा निर्दलीय प्रार्थी भनेर तिनले गलत प्रचार गरिरहेका छन। यसमा जनता भ्रममा पर्नु हुँदैन। तिनी पार्टीमा आउँछु भनेर भन्छ भने यस कुरामा म आफै बिरोध गर्नेछु। अब सञ्चबीर सुब्बाको निम्ति सधैलाई ढोका बन्द भएको छ” – आशा गुरुङले भनिन।

तिनले यसै क्रममा सञ्चबीर सुब्बामाथि बर्सिन्दै सुब्बाले पार्टीको आचार सहिता पालन नगरेर पार्टीलाई बदनाम गर्ने काम गरिरहेको आरोप लगाइन। नारी मोर्चा प्रमुख आशा गुरुङले 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टि दुर्गम क्षेत्ररहेको बताउँदै यस क्षेत्रको बिकाश गर्न मोर्चाले बिशेष प्राथमिकता दिएर कार्य गर्ने घोषणा गर्दै जनताले बिगतका दिनहरुमा झै अहिले परिस्थितिमा पनि मोर्चा प्रार्थीलाई बिजय गराएर गोजमुमो पार्टी एक रहेको सबैलाई सन्देश दिनुपर्ने बताइन। तिनले यसै सन्दर्भमा निर्दलीय प्रार्थी सञ्चबीर सुब्बा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ईमान्दार भएर आन्दोलनमा ननिस्किएको दाबी गर्दै तिनले चुनाउलाई ध्यानमा राखेर चौकि ताकने कार्य गरेको आरोप लगाइन।

मोर्चा प्रार्थी कल्याण देवान गोजमुमो पार्टीमा शुरुदेखिनै ईमान्दार बनेर खटिरहेको बताउँदै कल्याण देवानले पार्टीलाई सिब्सुमा समस्या पर्दा अनेकौ चोटी साथ दिएको दाबी गर्दै उक्त समय सञ्चबीर सुब्बा कुन दुलोमा लुकेका थिए भनि प्रश्न तेर्साउँदै पार्टीले टिकट नदिदा चुनाउमा उठने कार्य पार्टीकै निम्ति लज्जाजनक बनेको बताईन। तिनले चुनाउमा उठेर जनतालाई गलत बाटोमा लाने कार्य गरिरहेको आरोप लगाउँदै अब पुन पार्टीमा पस्छ भन्ने कुरा सपना सपना नै हुने दाबी गरिन। यसै सन्दर्भमा तिनले सञ्चबीर सुब्बा अहिले चुनाउमा उठेको कार्यले तिनी पैसाको पछि कुदिरहेको प्रमाणित बनेको पनि आरोप लगाइन।

मोर्चा पार्थी कल्याण देवानलाई पार्टीले घुँढा धसेर भए पनि बिजय बनाएरै छाड्ने प्रतिबद्धता जाहेर गर्दै निर्दलीय प्रार्थी सुब्बाले यदि चुनाउमा बिजय बनेर जीटीए सभाको सदस्य बने तिनलाई कुनै पनि बिभाग नदिने पनि आशा गुरुङले स्पष्ट घोषणा गरिन। तिनले 41 नम्बर समष्टिलाई बिकाश गर्न मोर्चा प्रार्थी कल्याण देवानलाई साथ दिन मोर्चा प्रमुख बिमल गुरुङ लगायत आफु पनि यस क्षेत्रमा आउने पनि चुनावी जनसभालाई सम्बोधन गर्दै भनिन। सुब्बालाई चौकिको निम्ति आन्दोलनमा उत्रिएको आरोप लगाउँदै अब तिनले जीटीए चुनावमा पराजयको सामना गरेपछि पञ्चायत चुनाउको टिकट समेत नपाउँने स्पष्ट घोषणा गरिन।

अर्कोतिर 41 नम्बर समष्टिमा मोर्चा प्रार्थी कल्याण देवानले चुनावी जनसभालाई सम्बोधन गर्दै निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई निर्दलीय प्रार्थीका रुपमा खडा गरेर तिनलाई उक्साउँने मानिसहरुले व्यक्तिगत स्वार्थ पूर्तीको निम्ति अहिले गोजमुमो पार्टीलाई नै बदनाम गर्ने कार्य गरिरहहेको आरोप लगाए। जीटीए चुनाउमा मोठ 44 वटा समष्टिहरुमा मोर्चाको जीत बनिसकेको दाबी गर्दै केवल एउटा समष्टिमा चुनाउ हुने भएको कारण यहाँ पार्टीलाई नै कलङ्कित पार्ने कार्य भएको पनि तिनले आरोप लगाए। तिनले आफु चुनावी मैदानमा खडा हुने चाहना नराखेको बताउँदै मोर्चा प्रमुख बिमल गुरुङले प्रार्थीको नाम घोषणा गरेको समय आफ्नो नाम आउँदा आफु अवाक बनेको बताए। तिनले यसै सिलसिलामा सञ्चबीर सुब्बाले स्थानीय जनतालाई गलत प्रचार गरेर दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाउँदै गोजमुमो पार्टीले यस क्षेत्रका जनतालाई मूल बाटोमा दोहर्‍याउँने कार्य गरेको दाबी गर्दै आफुले जनताको चाहना अनुरुप काम गर्ने बाचा समेत गरेका छन। आफुले चुनाउलाई ताकेर कहिल्यै आन्दोलन नगरेको दाबी गर्दै आगामी दिनमा मोर्चाले पुन गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने समेत घोषणा गरे। आफुले निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई नामाङ्कन पत्र फिर्ता लिने अनुरोध गरेको बताउँदै आफ्नो कुरालाई तिनले नमान्नु भनेको मोर्चा अध्यक्षलाई नै अपमानित गरेको थप आरोप लगाए। निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई चुनावी मैदानमा चुनौति दिन आज मोर्चाले आयोजना गरेको जनसभालाई हेम मुखियाले अध्यक्षता गरेका थिए भने जनसभालाई पासाङ शेर्पा, समीर मुखिया आदिले सम्बोधन गरेका थिए।

आजको जनसभामा उपस्थित गोजमुमो समुह्माझ सभापछि अझ बडी कौतुहलता बडेको र सत्यता चाहि के हो भन्ने प्रश्न खडा भएको थाहा लागेको छ।

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan