02:22 PM
Wed, 19 Jun 2013

          The  News Portal of Gorkhaland  


Hits: 845
User Rating: / 4
PoorBest 

(अनिल तेलैजा)ः45 वटा समष्टिमा 45 वटै आसन सजिलै जित्छु नत्र राजनीतिबाट सन्यास लिन्छु भन्ने मोर्चा प्रमुख विमल गुरूङलाई दॉंतमा ढुंगा त्यो बेला लाग्यो जब उनकै छत्र छॉंयामा राजनीतिको दाउपेच सिकिरहेका एकजना अञ्जान युवकले आफ्नै दलका उपाध्यक्षको विरूद्धमा चुनाउ लड़्‌ने अड्डी कसे। जीटीए चुनाउमा सञ्चबीर सुब्बाको उपस्थितिसितै मोर्चाको सम्पूर्ण समीकरण बिग्रियो। विपक्षीहरूले खुल्ला छोड़ेको चुनाउ मैदान तृणमूल कंग्रेसले पनि मोर्चाको बाटो छेकेन। अघिबाटै 28 वटा आसनमा निर्विरोध भइसकेको मोर्चाको हातमै जीटीए व्यवस्था जाने निश्चित भइसके तापनि वर्षौं आन्दोलन गरेर भित्र्याएको व्यवस्थाको पहिलो चुनाउमै आफ्नैहरूबाट चुनौती खप्नु परेकोले यो मोर्चालाई ग्राह्य भइरहेको छैन। दार्जीलिङको राजनैतिक इतिहासलाई पल्टाएर हेर्नु हो भने पनि विरोधको स्वरहरू कालेबुङबाटै धेरै उठ्‌ने गरेको पाइन्छ। दागोपाप गठनको समय सुवास घिसिङको नजिकको सहयात्री मानिएको छत्र सुब्बाले गरेको विद्रोह होस्‌ या घिसिङकै दाहिने हात मानिने सीके प्रधानले गरेको विद्रोह,दुवै कालेबुङबाटै उठेका थिए। गोर्खा जनमुक्ति मोर्चाले पनि पटक पटक कालेबुङ मोर्चाभित्रैबाट असन्तुष्टि र विरोधको स्वरहरू सुन्न परिरहेको छ। यही असन्तुष्टिबीच भङ्ग भएको मोर्चा कालेबुङ महकुमा समिति अझै अस्तित्वमा आउन सकिरहेको छैन। मोर्चा प्रमुख स्वयंले कालेबुङलाई मात्र धेरै गुटबाजी भएको भन्दै रिस पोख्ने गरेको पाइन्छ। उनले आफ्नो हरेक सभामा कालेबुङका नेतृत्वहरूले सही नेतृत्व दिन नसकेको आरोप लगाउने गर्छन्‌। कालेबुङमा ठूलो ठूलो छात्ती भएको नेताहरू छन्‌। तर राम्रो नेता भने एउटै छैन भनेर जनसभामै गुरूङले कालेबुङको नेतृत्व क्षमतामाथि धेरैचोटि प्रश्न उठाइसकेका छन्‌। कालेबुङ मोर्चाभित्रको रड़ाकोलाई साम्य पार्दै एकल नेतृत्व स्थापना गर्नु नै दलको केन्द्रिय समिति सहसचिव विनय तामाङलाई कालेबुङको नेतृत्व सुम्पन परेको पनि मोर्चा प्रमुखले निर्धक्क स्वीकारी सकेका छन्‌। तर यति हुँदा हुँदै पनि विद्रोहको आगोलाई विनय तामाङले पनि साम्य पार्न सकेनन्‌। अन्य समष्टि भन्दा धेर तृणमूल प्रार्थी कालेबुङबाटै चुनाउ मैदानमा छन्‌। 9 जना तृणमूल प्रार्थीहरूले कालेबुङ महकुमाबाट नामाङ्कन भरेका छन्‌।

जबकि यसको तुलनामा दार्जीलिङ र खरसाङबाट केवल 4-4 जना तृणमूल प्रार्थीहरूले मात्र नामाङ्कन भरे। अहिले आएर तृणमूल प्रार्थीहरूले चुनाउ नलड्ने घोषणा गरे पनि 41 नम्बर निम्बोङ गीतडाब्लिङ समष्टिबाट उठेको विद्रोहको रापले मोर्चालाई नपोलि छोड़ेन। आफ्नो समष्टि भन्दा 41 नम्बर समष्टिको ज्वरो आफूलाई धेरै लागेको 42 समष्टिका मोर्चा प्रार्थी एवं मोर्चा स्टडी फोरम सदस्य डा.आरबी भूजेलले एक सभामा स्वीकारी सकेका छन्‌। मोर्चा अध्यक्षको आदेश अनुरूप आफू पनि 41 समष्टिमा गएर उपाध्यक्ष कल्याण देवानको समर्थनमा चुनाउ प्रचार गर्ने पनि उनले बताएका छन्‌। केही दिन अघि अध्यक्ष गुरूङ पनि यो समष्टिमा पुगेका थिए भने कालेबुङ बसुञ्जेल उनले सञ्चबीर सुब्बालाई कहिले अल्टिमेटम दिएर, कहिले फकाएर शान्त गराउने कोशिश गरिबसे। यसरी मोर्चाको सम्पूर्ण शक्ति अहिले सञ्चबीर सुब्बालाई शान्त गराउनमा खर्च भइरहेको छ। यद्धपि 41 को आगो भने अझै निभ्ने छॉंट छैन। विज्ञहरू यो विद्रोहलाई विगतमा सुवास घिसिङले अप्नाएको एकजनालाई झण्डा र अर्कोलाई आशीर्वाद दिने रणनीतिकै पुुनरावृत्ति पनि हुनसक्ने शंका गर्छन्‌। सञ्चबीरलाई तत्काल पार्टीबाट ननिकालिनु, उनलाई हरतरहले मनाउने प्रयास गरिनु , मोर्चाकै केही शीर्ष नेतृत्वहरूमाथि सञ्चबीरलाई सघाइरहेको आरोप लाग्नु र सञ्चबीर स्वयंले आफूलाई 3 अगस्तको दिन मोर्चाकै प्रार्थी हुन्छु भन्ने घोषणा गर्नुले पनि यस्तो शंकालाई हावा दिइरहेको छ। अर्कोतिर मोर्चा अध्यक्ष विमल गुरूङ पनि तत्कालीन अध्यक्ष सुवास घिसिङको निर्णयलाई अस्वीकार गर्दै निर्दलीय चुनाउ लड़ेर पछिबाट पुनः गोरामुमोमा सामेल भएका थिए। अहिले यस्तै स्थितिको सामना विमल गुरूङ स्वयंले गर्नु परिरहेको छ। जसलाई सरोकारवालाहरू सञ्चबीरले विमलकै विर्ता थामेे भन्दै व्याख्या गर्छन्‌।

Courtesy: www.rongotimes.com

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan