09:33 PM
Tue, 18 Jun 2013

          The  News Portal of Gorkhaland  


Hits: 533
User Rating: / 3
PoorBest 

कालेबुङ महकुमा क्षेत्रको 9 वटा समष्टिमा 74 प्रतिशत मतदान, ज़ीटीए सभा प्रार्थीहरुको भाग्य ईभीएममा बन्द

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 29 जुलाई। केन्द्र सरकार, राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चा माझ गत वर्ष 18 जुलाईको दिन पिण्टेल भिलेजमा सम्झौता भएको गोर्खाल्याण्ड टेरिटोरिय़ल एडमिनिस्ट्रेसन (जीटीए) सभाको आज प्रथम चुनाउ सम्पन्न भयो। कालेबुङ महकुमाको मोठ 13 वटा समष्टिको सिटहरुमध्ये चारवटा सिटहरुमा गोजमुमो प्रार्थीहरु निर्बिरोध बिजय बनेको कारण आज रहल 9 वटा सिटहरुमा चुनाउ सम्पन्न भयो।

यस अवसरमा पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था बनाएर राखेको थियो। उक्त 9 वटा समष्टिहरुमा मोठ 1 लाख 9 हजार 6 सय 43 मतदाताहरु रहेका थिए भने अघिबाटै चारवटा सिटहरुमा मोर्चा प्रार्थीहरु बिजयी बनेको कारण आज रहल 9 वटा सिटहरुमा मोठ 81 हजार 1 सय 86 मतदान भएको जानकारी प्राप्त भएको छ। उक्त 9 वटा समष्टिहरुमा 74.04 % मतदान भएको जानकारी दिदै चुनाव अवधी सबै क्षेत्रमा शान्ति रहेको कालेबुङ महकुमा अधिकारी तथा एसिसटेण्ट रिट्र्निंग अफिसरले जानकारी दिएका छन। चुनावी मैदानमा उत्रेका प्रार्थीहरुको भाग्य जनताले भोटिङ मेसिनमा बन्द गरिदिए पछि सबै सिटहरुबाट गोजमुमो प्रार्थीहरुले आफ्नो बिजय निस्चित रहेको दाबी गरेका छन।

अर्कोतिर गोजमुमो पार्टीले ल्याएको जीटीएको चुनाउमा सबैको केन्द्रबिन्दु बनेको 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा पुलिस प्रशासनको कठोर सुरक्षा व्यवस्था भित्र आज जनताले चुनावी मैदानमा उत्रेका प्रार्थीहरुको भाग्य ईलेक्ट्रोनिक भोटिङ मेसिनमा बन्द गरिदिएका छन। यस समष्टिबाट गोजमुमो प्रार्थी कल्याण देवान, तृणमूल कङ्ग्रेसबाट ब्रुनो लेप्चा अनि निर्दलीय प्रार्थीका रुपमा सञ्चबीर सुब्बा चुनावी मैदानमा खडा भएका थिए। तृणमूल कङग्रेस पार्टीले चुनाउ नलड्ने घोषणा गरेको कारण यस समष्टिमा मोर्चा प्रार्थी अनि निर्दलीय प्रार्थी माझ कडा प्रतिस्पर्धा रहेको छ। जीटीएको 45 वटा सिटहरु मध्ये सबैको केन्द्रबिन्दु बनेको यस 41 नम्बर समष्टिमा मतदान शान्ति पूर्ण रह्यो।

चुनाउ शान्तिमय सञ्चालन गर्न पुलिस प्रशासनको भूमिका दह्रो रहेको थियो। सबैभन्दा विवादित र संवेदनशील समष्टि 41 नम्बर रहेको थियो। जसको कारण यस समष्टिमा एक प्लाटुन र्‍याफ फोर्स लगायत पुलिस सुरक्षाकर्मी तैनाथ राखिएको थियो। मोठ 18 वटा बुथहरु रहेको यस समष्टिमा चुनाउ अवधी कहीँ पनि अशान्ति देखिएन। मोठ 18 वटा बुथहरु रहेको उक्त समष्टिमा 10 हजार 5 सय 61 जना मतदाताहरु रहेका थिए भने यस समष्टिमा कति मतदान भयो भन्ने आधिकारीक पुष्टि हुन नसके पनि 90 प्रतिशत नै क्षेत्रवासीले मतदानमा सहभागी रहेको मतदान केन्द्र भ्रमणमा देखियो।

यस समष्टिमा दुइवटा पञ्चायत छन-निम्बोङ-पाब्रीङटार अनि गीतडाब्लिङ-गीतकोल्बोङ। निम्बोङ-पाब्रीङटारमा 5,982 मतदाताहरू छन्‌ भने गीतडाब्लिङ-गीत कोल्बोङमा 4,360 मतदाता। मतदानको हिसाबमा सञ्चबीरलाई निम्बोङ-पाब्रिङटारबाट सतप्रतिशत मत् गएको सञ्चबीर सुब्बाले अनुमान गरेका छन्‌। तिनले निम्बोङ-पाब्रिङटार बाहेक गीतकोलबोङ-गीतडाब्लिङ पञ्चायत क्षेत्रबाट पनि 60 प्रतिशत मत पाएको विश्वास व्यक्त गरेका छन्‌। स्थानिय जनताले क्षेत्रीय व्यक्ति प्रार्थी हुनपर्छ भन्ने चाहना राखेको कारण आफुलाई नै अधिकतर मतदान प्राप्त भएको दाबी गर्दै आगामी 2 अगष्टको दिन परिणाम सबैले थाह पाउने बताए। यसै क्रममा तिनले आफ्नोपक्षमा मत खसाल्ने जनतालाई आभार व्यक्त गरेका छन। यता चुनाउ सबै क्षेत्रहरुमा प्रशासनले शान्तिमय वातावरणमा गराएको सन्दर्भमा पनि प्रशासन प्रति पनि तिनले आभार व्यक्त गरेका छन।

Courtesy: http://kalimpongonlinenews.blogspot.in

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan