08:19 PM
Sat, 25 May 2013

          The  News Portal of Gorkhaland  


Hits: 600
User Rating: / 2
PoorBest 

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 अगष्ट 2012: सिक्किम केन्द्रिय विश्वविद्यालयका अवकाशप्राप्त संस्थापक उपकूलपति प्रो महेन्द्र पी लामा माथि दोहोरो नागरीकताको आरोप् लगाए पछि यसको चारेतिरबाट बिरोध सुरु भएको छ। यसै क्रममा भारतीय गोर्खा परिसंघले पनि प्रो लामालाई दोहोरो नागारीकताको आरोप लगाएकोमा घोर बिरोध गर्दै यस कार्यले भारतभरी छरिएर बसेका गोर्खाहरुको अस्तित्व संकटमा पर्न गएको दाबी गरेको छ।

यहाँको भागोप कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले एकजना उच्च पदमा आसिन व्यक्तिलाई दोहोरो नागरिकताको आरोप लगाउँने कार्य खुबै निन्दनीय रहेको जनाए। भारतको सुरक्षा समितिका सदस्य जस्तो उच्च पदमा आसीन पदमा रहेका प्रो लामामाथि दोहोरो नागरिकताको आरोप लगाउँने कार्य भारतभरी छरिएर बसेका गोर्खाहरुको निम्ति घातक रहेको बताउँदै यस कार्यले गोर्खाहरुको अस्तित्व संकटमा पर्ने दाबी गरे। तिनले भारतमा जब जब गोर्खाहरु उच्च पदमा आसीन हुन पुग्छन तब तब यस्ता आरोपहरु लगाउँने कार्य भएको बताउँदै यस बिषयमा सबै सचेत बन्नु पर्ने तिनले आह्वान गरे।

बिगतमा सांसद मणीकुमार छेत्री अनि सिक्किमका मुख्य मन्त्री पवन चामलिङ बिरुद्ध पनि यस्ता दोहोरो नागरिकता रहेको आरोप लगाउँने कार्य भएको बताउँदै यस्ता आरोप लगाउँने कार्य सरकारको सुनियोजित षडयन्त्र रह्को तिनले आरोप लगाए। भारतमा गोर्खाहरुको राष्ट्रिय सुरक्षा कतिपय मानिसहरुले बिभिन्न तरिकाले पुरा गर्न सक्छ भन्ने धारणा राखेको बताउँदै कतिपय मानिसहरुले गोर्खाहरु बिभिन्न उच्च पदमा पुगे, गोर्खाहरु खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा पुग्न सके राष्ट्रिय परिचय पाउँन सकिन्छ भन्ने धारणा रहेको बताउँदै उक्त धारणाहरु वास्तवमा बाहियत कुराहरु हुन भने। तिनले भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय परिचय केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र पुरा गर्न सक्ने बताउँदै छुट्टै राज्य गोर्खाल्याण्ड गठन भए गोर्खाहरु माथि यस्ता आरोपहरु नलाग्ने पनि तिनले बताएका छन।

Courtesy: http://kalimpongonlinenews.blogspot.in

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan